म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार; प्रशिक्षक ओले बर्खास्त हुने सम्भावना प्रबल

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले हार बेहोरेको छ ।

वाट्फोर्डबिरुद्ध भएको खेलमा युनाइटेड ४-१ ले हारेको हो ।

खेलको ११ औं मिनेटमा वाट्फोर्डका सारले २ चोटि पेनाल्टी प्रहार गर्न पाउदा पनि गोल गर्न सकेनन् ।

२८ औं मिनेटमा पुर्व म्यान्चेस्टर युनाइटेडका खेलाडी किङले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए ।

४४ औं मिनेटमा सारले गोल गर्दै वाट्फोर्डको अग्रता दोब्बर बनाउन सफल भयो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका भ्यान डि बिकले ५० औं मिनेटमा रोनाल्डोको पासमा गोल गर्दै युनाइटेडलाई सान्त्वना गोल गरे ।

६९ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका कप्तान ह्यारी मग्वाएरले दोहोरो पहेलो कार्ड खादै मैदान छाड्नु परेको थियो ।

खेलको ९० औं मिनेटमा पेड्रोले गोल गर्दै ३-१ बनाए । खेलको अन्तिम मिनेटमा डेनिसले गोल गर्दै वाट्फोर्डलाई ४-१ को फराकिलो  जित दिलाउन सफल भयो ।

हारसंगै युनाइटेड हाल साथौ स्थानमा रहेको छ भने प्रशिक्षक ओले गुनार सोल्स्जायरमाथी थप दबाब रहेको छ । यस्तै वाट्फोड १६ औं स्थानमा उक्लिएको छ ।