‘म्यानुअल न्युएर क्लब छोड्ने विचार गर्दै’

म्यानुअल न्युएरले बायर्न म्युनिख छोड्ने विचार गर्दै गरेको खबर आएको छ। ८ वर्ष बायर्न म्युनिख बिताएका म्यानुअल न्युएर, बायर्न छोड्न सक्ने भनेर उनको एजेन्टले पुष्टि गरेको छ। ३३ वर्षका जर्मन गोलकिपरले बायर्न म्युनिखको लागि २०० खेल खेलेका छन् र उनले क्लबमा धेरै सफलता अनुभव गरेका छन् तर उनको एजेन्टको अनुसार उनि बायर्न म्युनिख छोड्न सक्छन र नयाँ चुनौतीको खोजिमा अर्को लिगमा खेल्न सक्ने छन्।


उनको एजेन्टले बायर्न म्युनिख केहि समय देखि युरोपि फुटबलमा पछाडी परेको र कमजोर भएको दाबी गरेका छन्।

“म्यानुअल युरो २०२० जित्न चाहन्छन, उनि फेरी पनि च्याम्पियन्स लिग जित्न चाहन्छन”- निको कोवाक (म्यानुअल न्युएरका एजेन्ट)

“म्यानुअल सफलता उन्मुख छन्, बायर्न म्युनिख पछिलो समय युरोपि फुटबलमा पछाडी परेको छ र अंग्रेजी प्रिमियर लीगको टोलि निकै उत्कृष्ट हुदै छन् सायद बायर्नले ति टिम संग प्रतिस्पर्धा गर्न सकदैन हालको स्थितिमा”