म्यानचेस्टर सिटी सामु मेस्सीको यो दुई माग

सिजनको सुरुमा मेस्सीले बार्सा छोड्ने चर्चा हुदै गर्दा उनलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा म्यानचेस्टर सिटी रहेका थिए र खबर अनुसार सिटी अझै पनि उनलाई साइन गर्ने कुराबाट पछि हटेका छैनन्। तर ‘दुई धेरै महत्त्वपूर्ण कारकहरू’ अझै पनि सो स्थानान्तरणको बाटोमा खडा रहेको खबर छ ।

बार्साको बायर्न संगको लजास्पद हार पछि मेस्सीले क्लब छोड्ने आफ्नो मनसाय स्पष्ट गरे तर बार्साले उनलाई क्लब छोड्न असहज बनाए पछि उनि क्लबमै रहे र अर्को सिजन उनि क्लब छोड्न स्वतन्त्र हुने छन्।

उनलाई सिटीले साइन गर्ने सक्ने खबर रहेको बेला सिटी सामु मेस्सीले दुई माग राखेको खबर छ। खबर अनुसार पेप गार्डियोला संगको सम्झौता सिटीमा नवीकरण गर्नु र अर्जेन्टिनाका टिम मेट सर्जियो अगुएरोलाई पनि नयाँ सम्झौता दिनु मेस्सीको सिटी सामु माग रहेको छ।

गार्डियोला र मेस्सी बीच निकै राम्रो सम्बन्ध रहेको छ र दुईले बार्सामा संगै च्याम्पियन्स लिग जितेका छन्।