म्यानचेस्टर सिटी र टोटनह्यामको खेल बराबरी

इंग्लिस प्रिमियर लिगको गत बर्ष विजेता टिम म्यानचेस्टर सिटीले बराबरीमा खेलेको छ । शनिवार भएको खेलमा म्यानचेस्टर सिटीलाई टोटनह्यामले २-२ को बराबरीमा रोकेको हो।

टोटनह्यामले सिटीलाई उसकै घरेलु मैदानमा बराबरीमा रोकेपछि सिटीले १ अंकमा चित बुझाउँन पर्यो।

सिटीका लागि खेलको २० औं मिनेटमा रहिम स्टर्लिङ र ३५ औं मिनेटमा सर्जियो अगुएरोले गोल गरे भने टोटनह्यामका लागि खेलको २३ औं मिनेटमा लामेला र ५६ औं मिनेटमा लुकास मोउराले गोल गरेका थए। खेलमा थप गोल हुन सकेन् र २-२ को बराबरीमा सक्यो।

यो बराबरीले सिटी २ खेलबाट ४ अंक ६ भने टोटनह्यामको नि ४ अंक छ।

हिजो शनिवार सम्पन्न अरु खेलहरुमा लिवरपुल र आर्सेनल दुबै टोली विजयी भएका छन्।