म्यानचेस्टर सिटी पनि एर्लिङ हालान्ड साइन गर्ने दौडमा सक्रिय हुने

म्यानचेस्टर सिटीले आउँदो जनवरी वा ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा स्ट्राइकर साइन गर्न प्राथमिकता दिने कुरा छ।

खबर अनुसार सिटी पनि एर्लिङ हालान्ड साइन गर्न इच्छुक रहेका छन्। सिटी अब ३२ बर्सका सर्जियो अगुएरोको प्रतिस्थापनको खोजीमा रहेका छन् हाल सिटी संग उनको विकल्पमा गेब्रियल जिसस मात्र रहेको छ र सिटी बोरुसिया डर्टमन्डका स्टार एर्लिङ हालान्ड साइन गर्न अन्य क्लबहरु संग प्रतिस्पर्धा गर्न तयार रहेको खबर छ।

अर्को गर्मीमा मेस्सीलाई नि: शुल्क साइन गर्ने सिटीको योजना रहे पछि, अन्य खेलाडीहरूमा पनि सिटीले आफ्नो नजर राखेको छ।

खबर अनुसार एर्लिङ हालान्ड पनि सिटीको योजनामा रहेका छन्। एर्लिङ हालान्ड साइन गर्न दौडमा धेरै क्लबहरु रहेका छन्। रियल म्याड्रिड, म्यान्चेस्टर युनाइटेड जस्तो क्लबको चासो हालान्डमा रहेको बेला सिटी पनि सो क्लबहरु संग प्रतिस्पर्धा गर्न सक्ने खबर छ।

लाउटारो मार्टिनेज पनि सिटीको योजनामा रहेको कुरा छ सिटीले हालान्ड वा मार्टिनेज मध्ये एक साइन गर्ने कुरा छ।