म्यानचेस्टर सिटी नापोलीका स्टार डिफेन्डर साइन गर्न नजिक

म्यानचेस्टर सिटी र नापोलीका स्टार डिफेन्डर कालिदौ कोलीबाली बीच व्यक्तिगत सर्तहरूमा सहमति भएको खबर छ।

सिटी धेरै समय देखि उक्त स्टार डिफेन्डर साइन गर्न खोज्दै थिए र खबर अनुसार सिटी हाल धेरै नजिक पुगेको छ। क्लब र खेलाडी बीच सम्झौता भए पनि अब सिटी र नापोली बीच सहमति भने हुन बाकी रहेको छ।

कालिदौ कोलीबालीले सिटीको प्रस्ताव स्वीकार गरे पनि नापोलीले भने सम्झौतामा पुग्न बाकी छ।

कालिदौ कोलीबालीको लागि नापोलीले ठुलो रकम माग्दै गरेको छ र क्लबहरु बीच अझै कुराकानी हुँदै गरेको छ। नापोलीले कालिदौको लागि म्यान्चेस्टर युनाइटेडको प्रस्ताव अस्वीकार गरेको थियो।

म्यानचेस्टर युनाइटेडले गत सिजन उनको लागि €८० मिलियनको प्रस्तवा राखेको थियो जुन नापोलीले अस्वीकार गरेको थियो।