म्यानचेस्टर सिटी ‘नयाँ नेमार’ साइन गर्न नजिक

म्यानचेस्टर सिटी फ्लुमिनन्सका दुई ब्राजिलियन युवा स्टार साइन गर्न नजिक रहेको खबर छ। डेली मेलका अनुसार केकी र मेतिन्हो दुवै कुल £९ मिलियनमा सिटीमा जान नजिक छन्।

ब्राजिलियन युवा स्टार केकीको नेमार सँग धेरै तुलना हुने गरेको छ र उनी नयाँ नेमार हुने धेरैको विश्वास छ । युरोपको अन्य क्लबको नजर पनि केकीमाथि रहे पनि सिटी उनलाई भित्राउन सफल हुने गोलले बताए। केकी विंगर र आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्न गर्छन्।

उनले ब्राजिलको यु-१६को टिमबाट खेलेका छन्। भने उनी उत्कृष्ट युवा प्रतिभा मध्ये एक रहेको धेरैको विश्वास छ।

मेतिन्होको नामको पनि धेरै चर्चा भएको छ भने लिभरपूल पनि उनी माथि इच्छुक थिए।

खबर अनुसार दुई युवा स्टारलाई सिटीले आउँदो दिनमा साइन गर्दै छ। दुवैको लागि सिटीले कुल £९ मिलियन खर्च गर्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ