म्यानचेस्टर सिटीले रोड्रिलाइ साइन गर्ने।

इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले क्लबको किर्तिमानी मुल्यमा स्पेनीस मिडफिल्डर रोड्रिलाई एटलेटिको मेड्रिडबाट अनुबन्ध गर्ने पक्का भएको छ । एटलेटिकोले पनि रोड्रिका वकिल र सिटीका प्रतिनिधीहरुले खेलाडीको रिलिज क्लज मुल्य तिरिसकेको पुष्टी गरेको छ ।

यो प्रक्रिया पूरा भएसँगै २३ बर्षिय रोड्रिले एटलेटिकोसँग रहेको आगामी सन् २०२३ को जुनसँगको सम्झौता पनि रद्द गरेका छन् । रिपोर्टअनुसार रोड्रिका लागि सिटीले ६२.८ मिलियन पाउण्ड खर्चिएको छ । जुन गत बर्ष सिटीले रियाद महरेजलाई अनुबन्ध गर्न खर्चिएको किर्तिमानी मुल्यभन्दा बढी हो । त्यतिबेला सिटीले महरेजका लागि तत्कालिन ६० मिलियन पाउण्डको किर्तिमानी मुल्य लेस्टर सिटीलाई तिरेको थियो ।

गत बर्ष मईमा भिल्लारियलबाट एटलेटिकोमा आवद्ध भएका रोड्रिले क्लबका लागि ३४ म्याच खेल्दै एटलेटिकोलाई ला लिगाको दोस्रो स्थानमा रहेर लिग समापन गर्न अहम भूमिका खेलेका थिए ।

साथै स्पेनको राष्ट्रिय टोलीमा ६ क्याप जितेका उनले गत बर्ष जर्मनी विरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेल्दा स्पेनको राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।