म्यानचेस्टर सिटीले मेस्सीलाई साइन गर्ने बारे केभिन डि ब्रोइनाले यस्तो भने

म्यान सिटीले अर्को गर्मीमा म्यानचेस्टर मेस्सी साइन गरे पनि आफुलाई मतलब नरहेको भनेर सिटीका स्टार केभिन डि ब्रोइनाले बताएका छन्, बार्सिलोनाका स्टारको सम्झौता सिजनको अन्त्यमा समाप्त हुने छ र उनि नि: शुल्कमा उपलब्ध हुने सम्भावना छ।

६ पटकका बलोन डि’ओर विजेता बार्सा छोड्न इच्छुक रहेको देखा परेका छन् भने सिटी पनि उनलाई साइन गर्न इच्छुक रहेका छन्।

र सो बारे प्रस्न गर्दा सिटीका स्टार डि ब्रोइनाले मेस्सी आफ्नो क्लबमा आए पनि नआए पनि सिटीको टिममा पहिलेनै भएको प्रतिभाहरुको कारण केहि मतलब नहुने बताए।

“इमान्दार हुनु पर्दा, मलाई खास मतलब छैन। उनले बताए।

“यदि उनी आउँछन् भने, यो राम्रो कुरा हो, तर यदि उनि नआए पनि क्लबमा पर्याप्त राम्रो खेलाडीहरू छन् जो संग खेल्न रमाइलो छ”