म्यानचेस्टर सिटीले नयाँ डिफेन्डर भित्राएको छ। खबर अनुसार सिटीले बेनफिकाका २३ वर्षका स्टार डिफेन्डर साइन गरेको छ।
Official: Rubén Dias is a new Manchester City player and Nicolás Otamendi joins Benfica in the swap deal. Here-we-go confirmed. 🔵 #MCFC #ManCity
— Fabrizio Romano (@FabrizioRomano) September 27, 2020
स्काईपोर्ट् इटालीका रिपोर्टर फ्याब्रीजियो रोमानोका अनुसार सिटीले बेनफिकाबाट २३ वर्षका रुबेन डियास साइन गरेको छ। उनका अनुसार सिटीले डियासलाई साइन गर्न बेनफिकालाई £६२ मिलियन र आफ्नो खेलाडी निकोलस ओतामेन्दी दिएको छ।
२३ वर्षका डिफेन्डरको प्रदर्शन बेनफिकामा निकै राम्रो रहेको थियो र उनि टिमको एक महत्त्वपूर्ण भाग बनेका थिए। उनले हाल सम्म क्लबका लागि १३३ खेल खेलेका छन् भने १२ गोल पनि गरेका छन्।
Manchester City have agreed a deal to sign defender Ruben Dias from Benfica for £65m.
Nicolas Otamendi is due to go the other way.
Benfica say the contracts still need to be signed by the players.
More: https://t.co/RKSWx9jgOs#bbcfootball pic.twitter.com/CyGsv6n0u5
— BBC Sport (@BBCSport) September 27, 2020
सिटी आफ्नो डिफेन्स राम्रो गर्ने योजनामा रहेको छ र लेस्टरबिरुद्धको हार पछि सिटी खेलाडी साइन गर्न झन् सक्रिय बनेको छ।