च्याम्पियन्स लिगको राउन्ड अफ १६को पहिलो लेगको खेलको लागि जर्मन क्लब आरबी लाइपजिग विरुद्धको खेलको लागि लिभरपूललेजर्मनीमा प्रवेश गर्न नपाउने खबर रहेको थियो भने म्यानचेस्टर सिटीले पनि बोरुसिया मोन्चेनग्ल्याडब्याच विरुद्धको खेलको लागि जर्मनी प्रवेश गर्न नपाउने खबर छ।
Borussia Mönchengladbach’s Champions League home game against Manchester City will take place in Budapest, @borussia confirm. pic.twitter.com/VmIm6Dbw5O
— DW Sports (@dw_sports) February 8, 2021
बेलायतमा फेला परेको नयाँ प्रकारको कोरोना भाइरसको कारण जर्मनीले बेलायतबाट जर्मनी प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
दुवै खेल अब ‘न्युट्रल’ स्थानमा हुने कुरा छ। खबर अनुसार खेल पुस्कस एरिना बुदापेस्टमा हुने छ।
BREAKING: Liverpool’s Champions League clash with RB Leipzig will take place in Budapest https://t.co/wQjG79TttD pic.twitter.com/5J0foGqv9U
— MailOnline Sport (@MailSport) February 7, 2021
जर्मनीमा कोरोना महामारीका कारण बाहिरी देशबाट आउन रोक लगाए पछि तटस्थ स्थलमा हुने भनिएको थियो। यद्यपि, खेल कहाँ खेलाउने भन्ने निर्णय हुन बाकी रहेको अवस्थामा युइएफएले सो स्थल छानेको हो।