म्यानचेस्टर सिटीको स्टार डिफेन्डर माथि बार्साको नजर

ला लिगा क्लब बार्सिलोनाले हालै मात्र म्यानचेस्टर सिटीबाट फेरन टोरेसलाई साइन गरेको थियो भने खबर अनुसार थप एक म्यान सिटी स्टार माथि बार्साको नजर रहेको छ। खबर अनुसार बार्साको नजर म्यानचेस्टर सिटीको स्टार डिफेन्डर एमेरिक लापोर्टेमा रहेको छ।

लापोर्टे यस सिजन पेप गार्डियोलाको पक्षमा एक प्रमुख व्यक्तित्व बनेका छन्, र सिटीको अन्तिम ६ प्रिमियर लिग खेलहरूमा उनले पुरा ९० मिनेट खेलेका छन्।

सिटीमा राम्रो प्रदर्शन गर्दै आएका लापोर्टे भने स्पेन फर्किन सक्ने खबर रहेको छ। एथलेटिक बिलबाओबाट सिटीले उनलाई २०१८मा साइन गरेको थियो भने सिटीमा उनको फम राम्रो रहेको छ।

लापोर्टे र सिटी बिच २०२५ सम्मको सम्झौता रहेको छ भने उनलाई बेच्न सिटीले ५० मिलियन भन्दा माथि माग्न सक्ने खबर छ।

पछिल्लो समय बार्साले सिटीबाट अग्वेरो, गार्सिया र टोरेसलाई साइन गरेको थियो भने हाल बार्साको नजर स्टार डिफेन्डर माथि रहेको छ।