म्यानचेस्टर सिटीको लज्जास्पद हार

इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार भएको खेलमा सिटीलाई क्रिस्टल प्यालेसले ३ – २ गोल अन्तर हराएको हो ।
क्रिस्टलले सिटीलाई उसैको मैदानमा पराजित गरेको हो । क्रिस्टलको जितमा जेफ्री, आन्द्रोस टाउनसेन्ड र लुका मिलिभोजेभीकले एक एक गोल गरे । सिटीका लागि इल्के गुण्डुगान र केभिन डी ब्रुयनले एक एक गोल फर्काए ।

इतिहाद स्टेडियममा सुरुवाती अग्रता बनाएपनि सिटी पराजित भएको हो । खेलको २७ औं मिनेटमा गुण्डुगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा जेफ्रीले गोल गर्दै क्रिस्टललाई खेलमा फर्काए । खेलको ३५ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिस्टललाई २ – १ को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा मिलिभोजेभीकले पाएको पेनाल्टीमा गोल गर्दा क्रिस्टलले ३ – १ को अग्रता बनायो । त्यसपछि खेलको ८५ औं मिनेटमा सिटीका ब्रुयनले एक गोल गरेपछि घरेलु टोलीको हार टार्न सकेनन् र क्रिस्टलले खेल ३ – २ ले आफ्नो बनायो ।

यो संगै सिटीले लिगमा दोस्रो हार व्यहोरेको छ । हारसंगै सिटीले शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ । लिगको दोस्रो स्थानमा रहेको सिटीले १८ खेलबाट ४४ अंक जोडेको छ । लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा छ ।

सिटीलाई क्रिस्टल १८ खेलबाट १८ अंक जोडेको लिगको चौधौ स्थानमा उक्लिएको छ ।