म्यानचेस्टर सिटीले युरोपेली क्लब फुटबल खेल्नबाट लागेको दुई वर्षको प्रतिबन्ध सोमबार उल्टाएको थियो। कोर्ट अफ आर्बिट्रेसन (कास) ले आफ्नो निर्णय सुनाउने क्रममा सिटीले आर्थिक आचारसंहिता उल्लंघन नगरेको जनाएको थियो र प्रतिबन्ध रद्द भएको थियो ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले सन् २०१२ देखि २०१६ बीच सिटीले आर्थिक नियम उल्लंघन गरेको आरोपमा फेब्रुअरीमा दुई वर्ष युरोपमा खेल्नबाट प्रतिबन्ध लगाएको थियो ।
उक्त निर्णयले धेरै फुटबल फ्यानहरु र विज्ञहरुको खुसी भएका छैनन्।
Hard to see how UEFA’s FFP rules can survive this. In fact, can UEFA survive the ramifications?
— Gary Lineker (@GaryLineker) July 13, 2020
फुटबल पंडितहरु र अन्य विज्ञहरुले उक्त निर्णय बारे सामाजिक संजाल आफ्नो रायहरु दिए।
La Liga not happy with City verdict. Tebas: “We have to reassess whether the CAS is the appropriate body to which to appeal institutional decisions in football. Switzerland is a country with a great history of arbitration, the CAS is not up to standard.”
— Tom Allnutt (@TomAllnuttAFP) July 13, 2020
धेरैले यूईएफएको आलोचना गरे भने ला लिगा पनि उक्त निर्णयबाट खुसी नरहेको खुलेको छ।
Is it time for UEFA to go back to the drawing board with Financial Fair Play rules? @SkyKaveh looks at the details of Manchester City’s overturned UEFA ban
— Sky Sports (@SkySports) July 13, 2020
धेरै सिटीको यो जितलाई वित्तीय फेयर प्लेको हार भनेर भनेका छन् र धनी क्लबलाई आफ्नो पैसाको दुरुपयोग गर्नबाट रोक्न बनेको यो नियम आफै असफल भएको भनेर धेरैले आलोचना गरेका छन्।