म्यानचेस्टर सिटीको उत्कृष्ट लय- १९ लगातार जित

हाल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको जितको उत्कृष्ट दौड जारी रहेको छ। हाल सिटी आफ्नो पछिल्लो २६ खेलमा अपराजित रहेको छ भने सिटीको डिफेन्स रेकर्ड पनि निकै राम्रो रहेको छ।

यो सिजन प्रिमियर लिगको मुख दाबेदार रहेको सिटी लिगको शीर्ष स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि सिटीको उत्कृष्ट म रहेको छ। च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगको खेलमा सिटीले बोरुसिया मोन्चेग्लाग्बा विरुद्ध २-०को जित हासिल गरे पछि सिटी लगातार १९ खेल जित्न सफल भएको छ।

उक्त जितको क्रममा सिटीले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ४ अवे खेलमा क्लिन सिट राख्ने रेकर्ड बनाएको छ जुन म्यान्चेस्टर युनाइटेडले २०१०/११को सिजनमा बनाएको थियो।

बोरुसिया मोन्चेग्लाग्बा विरुद्ध सिटीको डिफेन्स पनि निकै राम्रो थियो। प्रिमियर लिग जित्ने मुख्य दाबेदारको रूपमा रहेको सिटीले यो सिजन च्याम्पियन्स लिग जित्ने पनि धेरैको विश्वास रहेको छ हाल म्यानचेस्टर सिटीको उत्कृष्ट दौडलाई अन्त्य गर्न कुनै क्लब सफल हुन सकेको छैन।