म्यानचेस्टर सिटीका स्टार माथि बार्साको नजर

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्टार खेलाडी रहीम स्टर्लिंगलाई साइन गर्न ला लिगा क्लब बार्सिलोना इच्छुक रहेको जानकारी छ। रहीम स्टर्लिंग हाल सिटीका कोच पेपको योजनाबाट बाहिर रहेका छन् र उनी सम्झौताबाट बाहिर हुन लागेका छन्।

इङ्गल्यान्डका स्टार खेलाडीले यो सिजन तीन प्रिमियर लिग खेलमा मात्र सुरु गरेका छन् , र उनको सिटी सँगको सम्झौता २०२२मा अन्त्य हुने छ भने उनलाई साइन गर्न बार्सा इच्छुक रहेको जानकारी छ। उनको सम्झौता २०२२को गर्मीमा समाप्त हुनेछ र उनलाई फ्री एजेन्टको रुपमा गुमाउनबाट बच्न सिटीले उनलाई जनवरीमा बेच्ने योजना बनाएको रिपोर्ट छ।

हाल खबर अनुसार बार्साको योजना भने स्टर्लिंगलाई फ्री एजेन्टको रुपमा साइन गर्ने रहेको छ तर उनको तलब धेरै रहेको कारण उनलाई साइन गरे बार्साले अन्य खेलाडीहरू साइन गर्न नपाउने हुन सक्ने छ र खबर अनुसार उनलाई साइन गरे बार्साले उनलाई तलब माग घटाउन माग गर्ने छ।

यो भन्दा पहिले पनि बार्साको नाम रहीम स्टर्लिंग सँग जोडिएको थियो भने हाल उनी फ्री एजेन्ट हुने क्रममा रहेको बेला बार्साले उनलाई क्लबमा भित्राउन प्रयास गर्न सक्ने धेरै सम्भावना रहेको छ।