म्यानचेस्टर सिटीका स्टार विंगरमा रियलको नजर

म्यानचेस्टर सिटीका स्टार विंगर रियाद महरेज साइन गर्न रियल म्याड्रिड इच्छुक रहेको खबर छ। अल्जेरियाका स्टारको सिटी सँग २०२३ सम्मको सम्झौता रहेको छ र सो सम्झौता विस्तार गर्न नयाँ सर्तहरू छलफल गर्न उनि इच्छुक रहेको भए पनि उनि ला लिगामा जान इच्छुक रहेको जानकारी छ।

टेलिग्राफका अनुसार महरेज सिटी सँग सम्झौता विस्तार गर्न इच्छुक भए पनि अन्य विकल्पहरु पनि हेर्न चाहन्छन्।

महरेज सिटीका प्रबन्धक पेप गार्डियोलाको योजनाहरूमा ठूलो भूमिकाको रुप चाहान्छन् र उनी रियलका प्रशिक्षक जिनेदिन जिदानको ठुलो फ्यान रहेको पेपलाई थाहा छ।

३० वर्षका विंगरको यो सिजन राम्रो खेल रहेको छ। उनले सिटीको लागि ९ गोल गरेका छन्।