म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभिन डि ब्रोइनाले क्लब संगको सम्झौता विस्तारको प्रस्ताव अस्विकार गरेका छन्।
Kevin De Bruyne is set to reject #ManCity’s first contract offer and is concerned by the pace of negotiations with the club over a new five-year deal. More talks are planned over the next months and he is expected to come to an agreement.
[via @hirstclass] pic.twitter.com/B3njPQhZJ2
— Man City Report (@cityreport_) January 4, 2021
डि ब्रोइना हालको अनुबन्धमा अझै पनी दुई बर्ष बाँकी छ, तर सिटीले उनलाई दीर्घकालीन विस्तारका साथ पुरस्कृत गर्न चाहन्थे। यद्यपि दुई बीच कुनै सहमति हुन नसकेको खबर छ र टाइम्सका अनुसार डि ब्रोइनाले सिटीको पहिलो प्रस्ताव अस्विकार गरेका छन् र उनि सो प्रस्तावबाट खुसी छैनन्।
सिटीले उनलाई फेरी नयाँ र सुधारिएको सर्तहरू र तलबको साथ प्रस्ताव गर्ने खबर छ। बेल्जियमका मिडफील्डरको प्रदर्शन आइतबार सिटीको चेल्सीबिरुद्धको ३-१को जितमा निकै राम्रो थियो। उनको वर्तमान सम्झौतामा प्रति हप्ता £२८०,००० तलब रहेको छ।
खबर अनुसार उनि आफ्नो तलबमा वृद्धि चाहन्छन्। प्रतिद्वन्द्वी क्लबका स्टारहरु डेभिड दे हेया र ओजिलको तलब प्रति हप्ता £३७५,००० र £३५०,००० रहेको छ।