रियाल म्याड्रिड म्यानचेस्टर सिटीका आक्रमणकर्ता लेरॉय साने साइन गर्न कदम चाल्न तयार छन्।
बायर्न म्युनिख उक्त स्टार आफ्नो क्लबमा ल्याउन धेरै समय देखि प्रयास गर्दै थियो तर उनको घुँडा सर्जरीको कारण बायर्न असफल भएको थियो।
Real Madrid rival Bayern Munich for Man City attacker Leroy Sane https://t.co/DRCgpfhTs6
— Tribal Football (@tribalfootball) March 10, 2020
तर लेरॉय साने हाल चोटबाट फर्किने क्रममा छन् र बायर्न म्युनिखले उनलाई साइन गर्न फेरी पनि छलफल गर्दै गर्दा रियाल म्याड्रिड पनि उक्त स्टार साइन गर्ने दौडमा लागेको खबर छ।
रियलले उनको रिकभरी मुल्यांकन गर्दै गरेको खबर छ,र कोच जिदान उक्त स्टारको प्रशंसक रहेको पनि खुलेको छ।
किकरका अनुसार स्पेनका दिग्गजहरु साने साइन गर्न इच्छुक भएको बायर्न म्युनिखलाई थाहा छ र बायरनले आफ्नो योजनाहरुमा पुनर्विचार गर्दै गरेको पनि खबर छ।
Leroy Sane’s transfer to Bayern depends on Hansi Flick’s future.
If Hansi Flick extends his Bayern contract then the chances of Sane joining Bayern will increase more likely. [Via TZ] pic.twitter.com/Q0W1Grd1zr
— Bayern mania (@Bayern_mania) March 5, 2020
बायर्न म्युनिखले अब हन्सी फ्लिक माथि पनि ध्यान केन्द्रित गर्ने योजना गरिरहेका छन् – रियल पनि सानेको दौडमा प्रवेस भए पछि बायर्न विकल्पहरु पनि हेर्दै गरेको खबर छ।