म्यानचेस्टर सिटीका स्टार साइन गर्न युभेन्टस इच्छुक

TURIN, ITALY - JANUARY 19: during the Serie A match between Juventus and Parma Calcio at Allianz Stadium on January 19, 2020 in Turin, Italy. (Photo by Valerio Pennicino - Juventus FC/Juventus FC via Getty Images)

युभेन्टस म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर गेब्रिएल जीससलाई हस्ताक्षर गर्न इच्छुक छन्।

खबर अनुसार युभेन्टस खेलकुद निर्देशक फाबियो पाराटिसीले थुप्रै अवसरमा ब्राजिलका स्ट्राइकरलाई व्यक्तिगत रूपमा अनुगमन गरेका छन्।

पाराटिसी बाहेक, ट्युरिन क्लबले गत छ महिनाको दौडान कम्तिमा दुई पटक सिटीका स्टारको खेल हेर्न स्काउट्स पठाएको खबर छ।

२२ बर्षेका स्टार राम्रो फर्ममा छन्, म्यानचेस्टरको लागि यस सिजन उनले १८ गोल गरेका छन्। गेब्रिएलको उत्कृष्ट प्रदर्शनको कारण युभेन्टसले उनि माथि चासो देखाएको हो।

युभे बाहेक बार्सिलोना पनि उनलाई स्पेनमा ल्याउन चाहन्छन्। यद्यपि यस समयमा गेब्रिएल जीसस सिटी प्ति प्रतिबद्ध रहेका छन्, सिटीले उनलाई १९ वर्षको उमेरमा भित्राएको थियो।