म्यानचेस्टर सिटीका स्टार साइन गर्न युभेन्टसले बायर्न म्युनिक संग प्रतिस्पर्धा गर्ने

युभेन्टसले आउँदो ग्रीष्मको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीका स्टार विंगर लिरोय सानेलाई साइन गर्ने लक्षित गरेको खबर छ।

बायर्न म्युनिकले पनि उनलाई साइन गर्न चासो देखाएको छ र गत सिजन उनि म्युनिकमा जान धेरै नजिक पुगेका थिए तर उनि घुँडा चोटको कारण सिटीमै रहे।

तर जर्मन च्याम्पियन्सले उनलाई अझै पनि साइन गर्न खोजेको खबर छ र आउँदो ग्रीष्मको ट्रान्सफर विन्डोमा उनको लागि प्रस्ताव राख्ने खबर छ।

तर यो दावी गरिएको छ कि उक्त स्टारको लागि बायर्नले कडा प्रतिस्पर्धाको सामना गर्ने छ।

इटालियन आउटलेट Calciomercato.it अनुसार युभेन्टस पनि म्यानचेस्टर सिटीका स्टार विंगर साइन गर्न इच्छुक छन्।

इटालियन च्याम्पियन्सले उनको चोट प्रगतिलाई राम्ररी अनुगमन गरेको छ र सिजनको अन्त्यमा म्यानचेस्टर सिटीबाट सानेमा साइन गर्न युभेन्टस उत्सुक रहेको खबर छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ