म्यानचेस्टर सिटीका युवा स्टार साइन गर्न रियल म्याड्रिड इच्छुक

रियल म्याड्रिड म्यानचेस्टर सिटीका युवा मिडफील्डर फिल फोडनको लागि प्रस्ताव पठाउन तयार हुने खबर छ। द मिररका अनुसार रियाल म्याड्रिडमाको चासो फिल फोडनमा बढ्दो छ आउँदो विन्डोमा रियलले उनको लागि प्रस्ताव पठाउने छन्।

खबर अनुसार उक्त युवा प्रतिभा माथि रियलको नजर धेरै समय देखि रहेको थियो उनको प्रगतिमा रियलको निगरानी रहेको थियो।

गत सिजनको अन्त्यमा उनको राम्रो खेल रहेको थियो र क्लबका लेजेण्ड डेभिड सिल्भाको प्रस्थान पछि फोडेन यस सीजनमा म्यानचेस्टर सिटीको लागि नियमित स्टार्टर हुने अपेक्षा गरिएको थियो।

यद्यपि उनले यस सिजन पनि विकल्पको रुपमा बेन्चमा हुने गरेका छन् र उनि अझै खेल समय चाहन्छन्।