म्यानचेस्टर सिटीका फाबिएन डेल्फ एभर्टनमा अनुबन्धित

इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्फ एभर्टन गएका छन् ।

एभर्टनसँग उनले ३ वर्षको सम्झौता गरेका छन्। एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् ।

उनले विश्वकप र हालैको युएफा नेसन्स लिग फुटबलमा इङ्ल्याण्डको प्रतिनिधित्व गरेका थिए। डेल्फले गत सिजन सिटीबाट २२ खेल खेलेका थिए ।