म्यानचेस्टर सिटीका थप दुई खेलाडी माथि बार्सिलोनाको नजर

ला लिगा क्लब बार्सिलोना म्यानचेस्टर सिटीका गेब्रियल जीसस र इकाए गुन्डोवान साइन गर्न इच्छुक रहेको खबर छ।

बार्साले हालै मात्र सिटीका सर्जियो अगुएरो र एरिक गार्सियालाई निःशुल्क साइन गरेको थियो भने हाल खबर अनुसार बार्साको नजर गेब्रियल जीसस र इकाए गुन्डोवानमा रहेको छ। लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई साइन गर्न दौडमा बार्सालाई पिएसजीले पछि पारेको थियो भने हाल बार्साले आफ्नो ध्यान जीसस र इकाए गुन्डोवानमा लागेको जानकारी छ।

खबर अनुसार सिटी र बार्सा बिच राम्रो सम्बन्ध रहेको छ र गेब्रियल जीसस र इकाए गुन्डोवानलाई बेच्न सिटी खुल्ला हुन सक्ने छ। फ्री एजेन्ट रहेका जर्जिनियो विज्नाल्डमलाई साइन गर्न बार्सा असफल भएको छ र उनको विकल्पको रुपमा बार्साले गुन्डोवानलाई साइन गर्ने योजना बनाएको छ।

अगुएरो साइन गरे पछि बार्साको नजर लियोनका डिपेमा रहेको बेला गेब्रियल जीससलाई पनि बार्साले आफ्नो योजनामा राखेको जानकारी छ।

बार्साले हालै मात्र सिटीबाट अगुएरो र गार्सियालाई फ्री एजेन्टको रुपमा साइन गरेको थियो भने म्यानचेस्टर सिटीका थप दुई खेलाडी माथि बार्सिलोनाको नजर रहेको छ।