“म्यानचेस्टर सिटिको ‘बि टिम’ ले पनि प्रिमियर लिग जित्न सक्छ”- जोसे मोरिन्हो

जोसे मोरिन्होले आफ्नो पुरानो टिम म्यान्चेस्टर युनाइटेड र चेल्सीले यो पाली लिग नजित्ने बताएका छन् ।

५६ वर्षका जोसे, म्यान्चेस्टर युनाइटेड र चेल्सी बीच खेलको लागि फुटबल पण्डितको भूमिकामा स्काई स्पोर्ट्समा देखा परे र उनलाई यो सिजन लिग कसले जित्छ भनेर प्रस्न गर्दा उनले निकै रोचक कुरा बताए।

“यो सिजन प्रिमियर लिग जित्ने क्षमता भएको ४ टिम मात्र छ”, जोसेले बताए ।

“मेरो विचारमा यो सिजन प्रिमियर लिग जित्ने क्षमता भएको टिम म्यानचेस्टर सिटि, टोटनह्याम, लिवरपूल र म्यानचेस्टर सिटिको ‘बि’ टिम हो” ।

“सिटिको सुर्वती ११ मात्र होइन बेन्च पनि निकै उत्कृष्ट छ” ।