म्यानचेस्टर युनाइटेड लिग कपबाट बाहिरियो, दोस्रो डिभिजनको डर्बीसँग पराजित

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएको थियो । युनाटेडका हुवान माटा र मराउने फेलियानील गोल गरेका थिए । डर्वीका ह्यारी विल्सन र ज्याक मारिओटले गोल गरेका थिए ।

घरेलु मैदानमा युनाइटेडले खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । माटाले तेस्रो मिनेटमा गोल गर्न सफल भएका थिए । पहिलो हाफसम्म १–० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा सोचे अनुरुपको खेल पस्कन सकेन ।

दोस्रो हाफको ५९औं मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । ६७औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटियो । गोलरक्षक सर्जियो रोमेरोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि युनाइटेड संकटमा परेको थियो । फलस्वरुप ८६औं मिनेटमा ज्याक मोरिओटले गोल गरेपछि डर्वी खेलमा २–१ ले अघि बढेको थियो ।

तर, ९०औं मिनेटमा फेलियानीले गोल गरेपछि निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । निर्णायक पेनाल्टीमा जोन स्टोन चुकेपछि युनाइटेडले खेल ८–७ ले गुमाउन पुग्यो ।