प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र सिरी ए क्लब युभेन्टसको नजर बार्सिलोनाका स्टार फोवार्ड डेम्बेलेमा रहेको जानकारी छ। बार्साका स्टार फोवार्ड अर्को वर्ष फ्री एजेन्ट बन्ने क्रममा छन् र उनले बार्सा सँग हाल सम्म सम्झौता विस्तार नगर्दा अर्को सिजन उनलाई फ्री एजेन्टको रुपमा साइन गर्न म्यानचेस्टर युनाइटेड र युभेन्टस बिच प्रतिस्पर्धा हुने जानकारी छ।
Manchester United are reportedly still keeping a close eye on Ousmane Dembele’s contract situation at Barcelona(Mundo Deportivo)
— RumorsTransfersNews24/7 📰 (@rumorstransfers) October 3, 2021
बार्साको हाल आर्थिक अवस्था पनि राम्रो छैन भने उनले क्लब छोडे बार्साको तलब खर्च पनि कम हुने छ तर २०१७मा €१०५ मिलियनमा साइन गरेको खेलाडीलाई फ्री एजेन्टको रुपमा गुमाउनु बार्सालाई घाटा हुने छ।
बोरुसिया डर्टमन्डमा उत्कृष्ट रहेका डेम्बेले भने बार्सामा सोचे अनुरूप खेल्न सकेनन् भने धेरै जस्तो समय उनी चोटको कारण मैदान बाहिर हुन पुगे। ४ सिजनमा उनले बार्साको लागि केवल १८ गोल गरेका छन् जुन पक्कै पनि एक फोवार्डको रुपमा राम्रो प्रदर्शन होइन र उनलाई बेच्न बार्सा खुल्ला हुने पनि खबर छ।
हाल बार्सा र डेम्बेले बिच सम्झौता विस्तारको वार्ता सफल हुन सकेको छैन भने उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेड र युभेन्टस इच्छुक रहेको जानकारी छ।।