म्यानचेस्टर युनाइटेड भन्दा रियल म्याड्रिड जान फ्रेन्च वन्डरकिड इच्छुक

रेनेसका युवा मिडफिल्डर इडुवार्डो कामाभिन्गालाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इच्छुक रहेको धेरै चर्चा हुँदै गरेको छ भने उनलाई साइन गर्न अन्य क्लबहरू पनि इच्छुक रहेको छ।

म्यानचेस्टर युनाइटेड सँगै उनको नाम पिएसजी र रियल म्याड्रिड सँग पनि जोडिने गरेको छ र हाल खबर अनुसार इडुवार्डो कामाभिन्गा रियल म्याड्रिड जान धेरै इच्छुक रहेका छन्।

रियलको नजर धेरै समय देखि उनी माथि रहेको थियो भने पूर्व म्याड्रिड कोच जिदान उनको ठुलो प्रशंसक हुन्। १८ वर्षका युवा स्टार साइन गर्न रियल धेरै समय देखि इच्छुक थियो भने यो ट्रान्सफर विन्डोमा उनको नाम युनाइटेड सँग धेरै जोडिन थालेको छ भने जिदानको प्रस्थान पछि रियलले उनलाई साइन गर्नेमा केही सन्देहहरू पनि आएको थियो।

हाल खबर अनुसार म्यानचेस्टर युनाइटेड भन्दा रियल म्याड्रिड जान फ्रेन्च युवा स्टार इच्छुक छन् र आउँदो समय रियलको ट्रान्सफर योजनामा उनी एक महत्त्वपूर्ण खेलाडी हुने खबर छ।

१८ वर्षका कामाविन्गाको खेल निकै राम्रो छ भने उनले फ्रेन्च राष्ट्रिय टिमबाट पनि डेब्यु गरेका छन्।

रेनेस सँग कामाविन्गाको सम्झौतामा १ वर्ष मात्र बाँकी रहेको छ र उनलाई फ्री एजेन्टको रुपमा क्लब छोड्नबाट रोक्न रेनेस आउँदो ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य हुने छ।