“म्यानचेस्टर युनाइटेड नयाँ स्टेभेन जेरार्ड साइन गर्नबाट चुकेको छ”

म्यानचेस्टर युनाइटेडले लक्षित गरेको खेलाडी जुड बेलिंगहमलाई नयाँ टिम-मेट एर्लिङ हालान्डले स्टेभेन जेरार्डसँग तुलना गरेका छन्। युनाइटेड बेलिंगहमलाई साइन गर्न धेरै नजिक रहेको थियो तर अन्त्यमा १७ बर्सका मिडफिल्डर डर्टमण्डमा गए।

उनले हाल डर्टमण्डबाट ३ खेल खेलेका छन् र नर्वेका स्टार हालान्ड उनि संग प्रभावित भएका छन्। उनले भिडियोमा जुड बेलिंगहमलाई नयाँ स्टेभेन जेरार्ड भनेर उल्लेख गरे।

डार्टमंडमा आफ्नो कदम बारे पछि बोल्दै, बेलिंगहमले यो सजिलो निर्णय थियो भनेर वर्णन गरे।

“बर्मिंघम सिटी एफ.सी छोड्न सब भन्दा गाह्रो कुरा थियो किनभने म त्यहाँ धेरै समय बसेको छु।” उनले स्काई स्पोर्ट्सलाई भने।

“मलाई लाग्छ जीवनमा तपाईंले अवसरहरू लिनुपर्दछ, र यो मेरो लागि यति ठूलो क्लबबाट प्रस्ताव आउनु मेरो लागि ठूलो हो।

“यो मेरो लागि गाह्रो निर्णय थिएन।”