म्यानचेस्टर युनाइटेड किन्नको लागि कतारी अरबपतिले पठाए प्रस्ताव 

म्यानचेस्टर युनाइटेडका मालिक ग्लेजर परिवारले उक्त प्रिमियर लिग फुटबल क्लब बेच्ने आफ्नो इच्छा व्यक्त गरे सँगै कतारी अरबपति शेख जसिम बिन हमाद अल थानीले म्यानचेस्टर युनाइटेडलाई किन्नको लागि प्रस्ताव पठाएको जानकारी छ।

रिपोर्ट अनुसार कतारी अरबपतिले म्यानचेस्टर युनाइटेडको शत प्रतिशत शेयरको लागि £५ बिलियनको प्रस्ताव पठाएको छ । यद्यपि, उक्त प्रस्ताव म्यानचेस्टर युनाइटेडका मालिक ग्लेजर परिवारले गरेको मूल्याङ्कन (£६ बिलियन) भन्दा कम रहेको छ।

म्यानचेस्टर युनाइटेड १७ वर्ष देखि अमेरिकी अरबपति ग्लेजर परिवारको स्वामित्वमा रहेको छ भने फ्यानहरूद्वारा ग्लेजर परिवारको धेरै आलोचना हुने गरेको छ भने केही समय अघि फुटबल सुपरस्टार रोनाल्डोले पनि एक अन्तर्वार्तामा ग्लेजर परिवारलाई फुटबल र क्लबको मतलब नरहेको भनेर दाबी गरेका थिए।

क्लबमा लगानीको अभाव, पुरानो स्टेडियम र पिचमा खराब प्रदर्शनको परिणामस्वरूप डाइ-हार्ड फ्यानबेसबाट ग्लेजर परिवारलाई क्लब बेच्न बढ्दो दबाब हुँदै गर्दा ग्लेजर परिवारले क्लब बेच्न आफ्नो इच्छा व्यक्त गरेको थियो र हाल क्लबलाई किन्न कतारी अरबपति शेख जसिम बिन हमाद अल थानीले प्रस्ताव पठाएको जानकारी छ।

कतारी अरबपति बैंकर शेख जसिम बिन हमाद अल थानी धेरै समय देखि म्यानचेस्टर युनाइटेडको फ्यान रहेको जानकारी छ र सो कारण उनी क्लब किन्न धेरै इच्छुक रहेका छन्।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ