म्यानचेस्टर युनाइटेडले रियल म्याड्रिडका स्टार डिफेन्डरलाई ठुलो तलब प्रस्ताव गर्ने

म्यानचेस्टर युनाइटेड ला लिगा क्लब रियल म्याड्रिडका स्टार डिफेन्डर राफाएल भरान साइन गर्न इच्छुक रहेको खबर छ र उनलाई साइन गर्न युनाइटेडले उनलाई ठुलो तलब प्रस्ताव गर्ने चर्चा छ।

द म्यानचेस्टर इभनिंगका अनुसार लिभरपुल, म्यानचेस्टर युनाइटेड र केही नाम नखुलेको क्लबहरूले भरानका एजेन्ट सँग वार्ता गरिरहेका छन् उनको रियल म्याड्रिड सँगको सम्झौता अर्को वर्षको जुनमा अन्त्य हुने छ र उनले क्लब सँग सम्झौता विस्तार गर्ने इच्छा देखाएका छैनन् भने उनी रियल छोड्न इच्छुक रहेको चर्चा छ

उनलाई अर्को वर्ष फ्री एजेन्टको रुपमा गुमाउनबाट बच्न रियलले यो ट्रान्सफर विन्डोमा उनलाई बेच्न सक्ने खबर हुँदा धेरै क्लबहरूको नजर उनी माथि रहेको छ र युनाइटेडले उनलाई साइन गर्न पूर्ण प्रयास गर्ने चर्चा छ।

रियलले उनको लागि €९० मिलियन सम्म माग गर्ने सक्ने खबर छ जुन तिर्न युनाइटेड पनि तयार हुने कुरा छ। युनाइटेड हाल आफ्नो डिफेन्स सुधार गर्न चाहन्छन् र राफाएल भरानले भिक्टर लिन्डेलोफ र एरिक बेली जस्तो खेलाडीलाई प्रतिस्थापन गर्न सक्ने छन्। उनी युनाइटेडको सेन्ट्रल डिफेन्समा कडा खेलाडी बन्न सक्ने युनाइटेडको विश्वास रहेको छ।

उनलाई साइन गर्न म्यानचेस्टर युनाइटेडले उनको लागि प्रति वर्ष £१०.३ मिलियनको तलब दिन इच्छुक रहेको जानकारी छ। हाल म्याड्रिडमा उनको तलब £४.३ मिलियन प्रति वर्ष रहेको छ। उक्त स्टार सेन्टर ब्याक साइन गर्न युनाइटेडले ठुलो तलब प्रस्ताव गर्ने खबर छ।