“म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग जित्न सक्छ”

यो सिजन म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग जित्न सक्ने पूर्व मिडफिल्डर पाउल इन्सको दाबी रहेको छ। रेड डेभिल्सले राउन्ड अफ १६मा एट्लेटिको म्याड्रिड विरुद्ध खेल्ने भएको छ पहिलो ड्रमा युनाइटेड पिएसजी सँग परेको थियो तर उक्त ड्रमा गल्ती भए पछि फेरी ड्र गर्न परेको थियो र युनाइटेडले एट्लेटिको म्याड्रिड विरुद्ध खेल्ने भएको छ।

हाल ड्र पछि २ पटकका प्रिमियर लिग विजेता इन्स विश्वास गर्छन् कि नकआउट फुटबलको प्रकृतिका कारण युनाइटेड फाइनलमा पुग्न सक्ने र च्याम्पियन्स लिग लिग जित्न सक्ने छ।

“युनाइटेडले च्याम्पियन्स लिग जित्न सक्छ, मानिसहरूले म पागल छु भन्ने सोच्नेछन्, तर युनाइटेडले गर्न सक्छन्,” इन्सले द मिररलाई भने।

“युनाइटेडले आफ्नो दिनमा कसैलाई पनि हराउन सक्छ। कोही पनि, चाहे त्यो जोसुकै होस्।

“नकआउट फुटबलमा, यदि तपाईँ आफ्नो खेल र फममा हुनुहुन्छ – विश्व स्तरका खेलाडीहरूको साथ, तपाई च्याम्पियन्स लिगको फाइनलमा पुग्न वा जित्न नसक्ने कुनै कारण छैन।”

सोमबार च्याम्पियन्स लिगको राउन्ड अफ १६को लागि ड्र भएको थियो भने अर्को चरण पुग्न युनाइटेडले ला लिगा क्लब एट्लेटिको म्याड्रिड विरुद्ध होम र अवेमा खेल्ने छ।