३३ वर्षीय स्ट्राइकर साइन गर्ने प्रयासमा म्यानचेस्टर युनाइटेड

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इटालियन क्लब बोलोग्नाका ३३ वर्षीय स्ट्राइकर मार्को अर्नाटोभिकलाई साइन गर्न इच्छुक रहेको जानकारी छ। युनाइटेडका नयाँ कोच टेन ह्यागले अर्नाटोभिक सँग विगतमा काम गरिसकेको हुनाले उनलाई साइन गर्न टेन ह्याग इच्छुक रहेको जानकारी छ।

म्यानचेस्टर युनाइटेडले उनको लागि ९ मिलियन युरोको प्रस्ताव पठाएको तर बोलोग्नाले उक्त प्रस्ताव अस्वीकार गरेको जानकारी छ भने उनलाई साइन गर्न युनाइटेडले थप प्रयास गर्ने खबर छ।

मार्को अर्नाटोभिक सँग प्रिमियर लिगको राम्रो अनुभव रहेको छ । उनले प्रिमियर लिगमा स्टोक सिटी र वेश ह्याम युनाइटेड सँग खेलेका छन् भने उनी प्रिमियर लिगमा फर्किन इच्छुक हुने जानकारी छ।

स्टोक सिटीमा मार्को अर्नाटोभिकले १४५ खेल खेल्दै २६ गोल र ३२ असिस्ट गरेका छन् भने वेस्ट ह्यामको लागि उनले ६५ खेल खेल्दै २२ गोल र १२ असिस्ट गरेका थिए।

हाल मार्को अर्नाटोभिक इटालियन क्लब बोलोग्नामा रहेका छन् भने उनले सिरी ए क्लबको लागि ३४ खेल खेल्दै १५ गोल र १ असिस्ट गरेका छन्।