म्यानचेस्टर युनाइटेडले £१०३ मिलियनमा प्रिमियर लिगका दुई स्टार साइन गर्न सक्ने

म्यान्चेस्टर युनाइटेडले उल्भरह्याम्प्टन वान्डरर्स फुटबल क्लबका दुई स्टार साइन गर्न £१०३ मिलियन तिर्ने खबर छ।

खबर अनुसार युनाइटेडले वोल्भ्सका राउल जिमेनेज र डियोगो जोटालाई साइन गर्न चासो देखाएको छ। डन बलनका अनुसार दुबै खेलाडीहरू ओल्ड ट्र्याफर्डको सम्भावित चालमा उत्सुक हुनेछन्, जस्को लागि युनाइटेडले £१०३ मिलियन तिर्न पर्ने छन्।

रिपोर्ट अन्सुअर वोल्भ्स पनि म्यान युनाइटेडसँग उक्त खेलाडीको लागि कुराकानी गर्न तयार हुने सम्भावना छ।

नुनो एस्पिरिटो सान्तोको नेतृत्वमा वोल्भ्सको खेल धेरै प्रभावशाली र राम्रो भएको छ भने जिमेनेज र जोटा उनका सबैभन्दा महत्त्वपूर्ण खेलाडीहरू मध्ये एक हुन्।

उक्त दुई खेलाडीको प्रदर्शन निकै राम्रो रहेको कारण अरु क्लबले पनि वोल्भ्सका स्टारमा आफ्नो चासो देखाएको थियो भने म्यानचेस्टर युनाइटेडले आफ्नो टिमको कमजोरी हटाउन राउल जिमेनेज र डियोगो जोटालाई साइन गर्न छलफल सुरु गरिसकेको खबर छ।