बार्सिलोनाले डिफेन्डर नेल्सन सेमेडोलाई यस वर्ष बेच्ने निर्णय गर्न सक्दछ यदि उनीहरूले उपयुक्त प्रस्ताव प्राप्त गर्ने हो भने।
क्लबका ट्रान्सफर चीफ एरिक अबिदलले दुबईमा खेलाडीको एजेन्ट जोर्गे मेन्डेजलाई भेटेर उपलब्ध विकल्पहरूको अध्ययन गरेको खबर छ, तर अर्को सिजन नाए सम्म उनको बिक्रीको सम्भावना कम राखेको छ।
⚠️ #RUMOR Barcelona are willing to sell Nelson Semedo for €50M this summer. Eric Abidal met with Semedo’s agent Jorge Mendes to discuss the player’s future. He could be sold to a Premier League club and Manchester United are a likely destination [sport]
— FC Barcelona Fl 🎗️ (@FCBarcelonaFl) January 2, 2020
गत वर्ष एटलेटिको म्याड्रिडले उनलाई किन्ने चासो देखाए पनि क्लबले सेमेडोलाई नाबेचेको थियो जुन आर्थिक कारणले गर्दा रहेको खबर छ।
हाल म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न चासो देखाएको छ र बार्सिलोनाले उनलाई जान दिने कुरा छ।
उनको मूल्य €५० मिलियन हुन सक्ने खबर छ।