म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै स्टार डिफेन्डर साइन गर्न दाउमा लिभरपुल

लिभरपुल ला लिगा क्लब रियल म्याड्रिडका स्टार डिफेन्डर राफाएल भरान साइन गर्न इच्छुक रहेको खबर छ।

लिभरपुलका प्रतिनिधिहरूले रियल म्याड्रिडका डिफेन्डर राफाएल भरानका एजेन्टसँग वार्ता गरेको जानकारी छ। द म्यानचेस्टर इभनिंगका अनुसार लिभरपुल, म्यानचेस्टर युनाइटेड र केही नाम नखुलेको क्लबहरूले भरानका एजेन्ट सँग वार्ता गरिरहेका छन् उनको रियल म्याड्रिड सँगको सम्झौता अन्त्य हुने क्रममा रहेको छ उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको छ।

लिभरपुल यो सिजन आफ्नो स्टार भ्यान डाइक बिना रहेको छ, जबकि जोएल म्याटिप पनि चोटको कारण मैदान बाहिर हुन पुगे र लिभरपुल नयाँ डिफेन्डरको खोजीमा रहेको छ। आफ्नो डिफेन्डरहरू चोट ग्रसित भए पछि रेड्स आफ्नो मिडफिल्डर फाबिन्होलाई डिफेन्डरको रूपमा प्रयोग गर्न बाध्य भएको छ।

यद्यपि युर्गेन क्लोपले जनवरीमा ओजान काबाक र बेन डेभिस साइन गरे – र नाट फिलिप्सले म्याटिपको ठाउँ लिए पनि डिफेन्समा अनुभवी खेलाडीको अभावको चिन्ताको विषय बनेको छ भ्यान डाइक र म्याटिप बिना लिभरपुल समस्यामा परेको छ भरानलाई साइन गरेर लिभरपुल आफ्नो समस्या समाधान गर्न चाहन्छ।

म्यानचेस्टर युनाइटेड पनि उनलाई साइन गर्न इच्छुक रहेको जानकारी हुँदा युनाइटेडलाई पछि पार्दै स्टार डिफेन्डर साइन गर्न दाउमा लिभरपुल रहेको छ।