“म्यानचेस्टर युनाइटेडमा पहिलो प्रशिक्षण सत्र पछिनै आर्सेनलमा फर्कन चाहेको थिए”

during the Premier League match between Manchester United and West Bromwich Albion at Old Trafford on April 15, 2018 in Manchester, England.

एलेक्सिस सान्चेसले खुलासा गरे कि उनी आर्सेनलबाट युनाइटेडमा ट्रान्सफर भए पछि मात्र एक प्रशिक्षण सत्र पछिनै युनाइटेड छोड्न चाहन्थे।

३१ बर्सका सान्चेसले इन्स्टाग्राम भिडियोमा युनाइटेडमा आफ्नो दुःस्वप्नको बारे बोलेका छन्। २०१८मा चिलीका स्टार विंगरले आर्सनल छोडेर युनाइटेडमा सरे। उनले युनाइटेडमा प्रति हप्ता £५००,००० तलब पाए तर उनले त्यहाँ राम्रो प्रदर्शन गर्न भने सकेनन- उनले ४५ खेलमा मात्र ५ गोल गरे।

सो बारे कुरा गर्दै उनले बताए कि युनाइटेडमा पहिलो प्रशिक्षण सत्र पछिनै आर्सेनलमा फर्कन चाहन्थें।

“मैले युनाइटेड जाने अवसर पाएँ र यो मेरोलागि लोभलाग्दो देखिन्थ्यो। यो मेरोलागि राम्रो थियो किनकि म सानो छँदा मलाई त्यो क्लब धेरै मन पर्थ्यो।

“मैले चालमा के हुँदैछ भन्ने बारे धेरै जानकारी बिना साइन गरे। कहिलेकाँही केहि चीजहरू हुन्छन जुन तपाईं त्यहाँ आइपुग्दा सम्म तपाईंले महसुस गर्नुहुन्न।

“पहिलो प्रशिक्षणमा मैले धेरै चीजहरू महसुस गरें। मैले आफ्नो प्रतिनिधिलाई भनें: ‘आर्सेनलमा फर्किनको लागि अनुबन्ध समाप्त गर्न मिल्दैन?

“उनीहरू हाँस्न थाले र मैले तिनीहरूलाई भने कि केहि मसँग ठीक छैन।”

एलेक्सिस सान्चेसको यात्रा म्यानचेस्टर युनाइटेडमा बिर्सिने योग्य यात्रा रहेको थियो र अन्त्यमा उनि इन्टरमा लोनमा गए र हाल उनि स्थायी रुपमा इन्टर खेलाडी बन्ने क्रममा छन्।