एरिक टेन ह्यागको नेतृत्वमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा स्टार डिफेन्डर ह्यारी मग्वाइरको भविष्य अनिश्चित हुने जानकारी छ। खबर अनुसार अर्को सिजन देखि ह्यारी म्यागुइर टिमको सुरुवाती भूमिकामा पर्ने ग्यारेन्टी हुने छैन जसको कारण क्लबमा उनको भविष्य अनिश्चित रहेको छ।
Harry Maguire is not even guaranteed to start under Erik ten Hag because of his lack of pace and Ten Hag’s tendency to play with a high defensive line. [@RobDawsonESPN] #mufc
— The United Stand (@UnitedStandMUFC) May 25, 2022
ह्यारी मग्वाइर संसारको सबैभन्दा महँगो डिफेन्डरको रूपमा रहेका छन्। उनलाई २०१९मा युनाइटेडले लेस्टर सिटीबाट €८७ मिलियनमा साइन गरेको थियो। युनाइटेडमा ह्यारी मग्वाइरको प्रदर्शन भने राम्रो हुन सकेको छैन, खेलमा उनको धेरै गल्ती हुने गरेको कारण उनी धेरै पटक आलोचनाको सिकार हुने गरेका छन्।
युनाइटेडका नयाँ कोच एरिक टेन ह्याग भने क्लबमा धेरै परिवर्तन ल्याउने क्रममा छन् भने ह्यारी मग्वाइर पनि उनको योजनामा पर्ने स्पष्ट छैन।
Harry Maguire’s future could be in doubt if Ten Hag strengthens in that position by returning to Ajax for Jurrien Timber or Lisandro Martinez. [@ChrisWheelerDM, @SamiMokbel81_DM] #mufc
— The United Stand (@UnitedStandMUFC) May 20, 2022
हाल सम्म २९ वर्षीय डिफेन्डरले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको १४४ खेल खेलेका छन् र सो क्रममा उनले ७ गोल र ५ असिस्ट गरेका छन्।