म्यानचेस्टर युनाइटेडको नजर यी ४ खेलाडीहरुमा

एजेन्सी, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सर यस ट्रान्सफर सिजन आफ्नो टोलिलाई अझ मजबुत बनाउन केही नयाँ खेलाडीहरु भित्र्याउन इच्छुक छन्। रिपोर्टका अनुसार म्यानचेस्टर युनाइटेडका प्रशिक्षक सोल्सर आफ्नो टोलिमा सेन्टर-ब्याक, मिडफिल्डर, विङगर र स्ट्राइकर गरि ४ खेलाडी भित्र्याउन चाहान्छन्।

रिपोर्टका अनुसार युनाइटेडको नजरमा सेन्टर-ब्याकमा भिलारियालका यूरोपा लिग विजेता पाउ टोरेस वा रियल मड्रिडका राफायल भरान, मिडफिल्डमा वेस्ट ह्याम युनाइटेडका डेक्लन राइस, विङगरमा बोरुसिया डोर्टमण्डका जेडन सान्चो र टोटेनहमका स्टार स्ट्राइकर ह्यारी केन छन्।
युनाइटेडले यी सबै भित्र्याएको खण्डमा कुल खर्च ३०० मिलियन पाउन्ड भन्दा बढी हुने भएकोले युनाइटेडले यी सबैलाई भित्र्याउन नसकेता पनि केहिलाई भने भित्र्याउन सक्ने आंकलन गरिएको छ। क्लबको यूरोपा लिग फाइनलमा भिलारियालसँगको हारले टोलिमा केही नयाँ खेलाडीहरुको आवश्यकता झन् देखाएको छ।