“म्यानचेस्टर युनाइटेडका युवा खेलाडीहरूले रोनाल्डोको नकल गर्न सुरु गरेका छन्”

म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयाले क्लबमा क्रिस्टियानो रोनाल्डोको प्रभावको प्रशंसा गरेका छन्। १२ वर्ष पछि यस ट्रान्सफर विन्डोमा युनाइटेड फर्केका रोनाल्डोले फ्यानहरूलाई उत्साहित गरेका थिए भने उनको आगमनले खेलाडीहरू पनि खुसी रहेका छन् भने हाल सम्म उनले युनाइटेडका लागि ३ खेलमा ४ गोल गरेका छन्।

क्लबमा उनको प्रभावको ’bout म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयाले बोलेका छन् भने उनको कारण क्लबका युवा खेलाडीहरूको मनोबल बढेको र युवा खेलाडीहरू उनको नकल गर्न प्रयास गर्दै गरेको दाबी गरे।

“मलाई लाग्छ कि उनको क्लबमा प्रभाव निकै स्पष्ट छ। उनलाई क्लबमा फर्केको देख्न पाउनु उत्कृष्ट हो” डे हेयाले स्काई स्पोर्ट्स लाई भने।

“उहाँ पहिले नै क्लबको एक लेजेण्ड हुनुहुन्छ, त्यसैले म खेलाडीहरू को लागी सोच्छु, युवा खेलाडीहरू को लागी, सबै को लागी, उनी एक महान् व्यक्ति हुन् र हरेक दिन उनलाई जिममा हेर्न पाउनु निकै उत्कृष्ट हो- उनी जिममा कसरी कडा मिहिनेत गर्दछन्, उनी कसरी व्यवहार गर्छन्, उनी कसरी आफ्नो ख्याल राख्छन्।

“म्यानचेस्टर युनाइटेडका युवा खेलाडीहरूले रोनाल्डोको नकल गर्न सुरु गरेका छन्”

“उहाँ एक अद्भुत खेलाडी हुन् र उनले यहाँ हरेक दिन कडा मेहनत गरेको र टीमलाई मद्दत गरेको देख्न पाउनुमा निकै खुसी छु।”