म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर माथि बार्साको नजर 

ला लिगा क्लब बार्सिलोना आफ्नो स्टार स्ट्राइकर सर्जियो अग्वेरोको चोटको कारण नयाँ स्ट्राइकको खोजीमा रहेको छ। मुटुको समस्याको कारण स्टार स्ट्राइकर सर्जियो अग्वेरोले सन्यास लिने रिपोर्ट रहेको बेला उनको विकल्पको रुपमा बार्साले म्यानचेस्टर युनाइटेड एडिन्सन काभानीलाई साइन गर्ने योजना बनाएको जानकारी छ।

स्पेनिस रिपोर्टका अनुसार ३३ वर्षीय अग्वेरो मुटुको समस्याका कारण सन्यास लिने तयारीमा छन्, उनले आफ्नो नयाँ क्लबका लागि पाँच खेल मात्र खेलेका छन् र म्यान सिटी सँग सम्झौताको म्याद सकिएपछि गत ट्रान्सफर विन्डोमा उनी बार्सा आएका थिए।

सर्जियो अग्वेरोले सन्यास लिए बार्सामा स्ट्राइकरको अभाव हुने छ र उनको विकल्पको रुपमा बार्साले एडिन्सन काभानीलाई गर्ने जानकारी छ।

उनलाई साइन गर्न बार्साले युनाइटेडलाई £५ मिलियनको प्रस्ताव गर्ने खबर छ। युनाइटेडआमा काभानी आफ्नो सम्झौताको अन्तिम वर्षमा छन् र सिजनको अन्त्यमा उनी फ्री एजेन्ट हुने छन्।

काभानीलाई साइन गर्न इटालियन क्लब इन्टर मिलान पनि इच्छुक रहेको जानकारी छ। उरुग्वेयनले यस सिजनमा सबै प्रतियोगिताहरूमा जम्मा आठ खेल खेलेका छन् – जसमा पाँच प्रिमियर लिग खेल रहेको छ। हाल सम्म हुने युनाइटेडका लागि ४७ खेल खेल्दै १८ गोल गरेका छन्।