म्यानचेस्टर युनाइटेडका मिडफिल्डरले क्लब छोड्ने 

म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर जेसी लिंगार्डले क्लब छोड्ने खबर रहेको छ। गत सिजन लोनमा वेस्ट ह्याम गएका जेसी लिंगार्ड आउँदो ट्रान्सफर विन्डोमा वेस्ट ह्याममा स्थायी रुपमा जाने खबर रहेको छ ।

गत सिजन लिगमा उनको निकै राम्रो प्रदर्शन रहेको थियो। उनी युनाइटेडबाट वेस्ट ह्याममा लोनमा गएका थिए र आफ्नो नयाँ क्लबमा उनको निकै राम्रो खेल रहेको थियो जसको कारण अन्य क्लबहरूको नजर उनी माथि पर्न थालेको थियो भने हाल खबर अनुसार उनी वेस्ट ह्याम फर्किन इच्छुक रहेका छन्।

गत सिजन उनले वेस्ट ह्यामको लागि १६ खेलमा ९ गोल र ४ असिस्ट गरेका थिए र लोनमा उनको खेल राम्रो रहे पछि उनी माथि ठुलो क्लबहरूको निगरानी सुरु भएको छ धेरै रिपोर्ट रहेको थियो। २८ वर्षका लिंगार्डको राम्रो खेल पछि उनलाई क्लबमै राख्न युनाइटेड इच्छुक रहेको थियो तर हाल लिंगार्डले युनाइटेडको सम्झौता विस्तार प्रस्ताव अस्वीकार गरेको रिपोर्ट छ।

म्यानचेस्टर युनाइटेडमा उनको खेल धेरै राम्रो हुन सकेको थिएन भने क्लबले उनलाई वेस्ट ह्याममा लोनमा पठाउने निर्णय लियो र वेस्ट ह्याममा उनको निकै राम्रो खेल रहेको थियो तर पनि यो सिजन उनले युनाइटेडमा धेरै खेल समय पाएका छैनन्।