म्यानचेस्टर युनाइटेडका स्टार साइन गर्न युभेन्टस इच्छुक 

पोग्बा अर्को म्यानचेस्टर युनाइटेड छोड्ने सम्भावना रहेको बेला सिरी ए क्लब युभेन्टस उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ । ला लिग क्लब रियल म्याड्रिड र युभेन्टस सँग पोग्बा नाम जोडिएको धेरै समय भएको छ र हाल खबर अनुसार उनलाई साइन गर्न युभे आफ्नो केही खेलाडीहरू बेच्न तयार हुने छ।

आउँदो गर्मीको ट्रान्सफर विन्डोमा पोग्बा र युनाइटेड बिचको सम्झौता अन्त्य हुने छ र उनी फ्री एजेन्ट हुने छन् तर युनाइटेड सँग उनले आफ्नो सम्झौता विस्तार गर्ने सम्भावना पनि रहेको रिपोर्ट छ। युनाइटेडले २८ वर्षीयलाई नयाँ सम्झौताको प्रस्ताव गरेको छ, तर अहिलेका लागि उनले आफ्नो विकल्प खुला राखेका छन्।

युभेन्टस फर्कनु पोग्बाको लक्ष्य हुन सक्ने छ, यद्यपि उनलाई साइन गर्न इटालियन क्लबले आरोन राम्सेलाई वेस्टन म्याकेनी र एड्रियन राबियोट मध्ये एकलाई बेच्न आवश्यक हुने जानकारी छ।

युनाइटेड जानु अगि उनी युभेन्टसका स्टार थिए र उनलाई फिर्ता गर्न युभेन्टसले सबै प्रयास गर्ने खबर छ।