म्यानचेस्टर युनाइटेडका स्टार माथि रियल म्याड्रिडको नजर

म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बालाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिड इच्छुक रहेको जानकारी छ। पोग्बा र युनाइटेड बिचको सम्झौता २०२२मा अन्त्य हुने छ र उनलाई साइन गर्न धेरै क्लब इच्छुक रहेको छ जसमा रियल पनि रहेको छ।

क्लबका कोच जिदान हुँदा पोग्बालाई रियलले साइन गर्ने धेरै चर्चा भएको थियो भने जिदान उनको प्रशंसक थिए भने पोग्बा पनि रियलबाट खेल्न इच्छुक रहेका थिए र जिदानको प्रस्थान पछि पोग्बाको रियलमा ट्रान्सफर ’bout चर्चा कम भएको थियो तर हाल फेरी पनि रियल उनलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

खबर अनुसार रियल उनलाई प्रति वर्ष €१४ मिलियनको तलब दिन तयार हुने छ र उनले थप €३० मिलियन बोनस पनि पाउने छन्।

युनाइटेडले हाल सम्म पोग्बा सँग सम्झौता विस्तार गरेका छैनन् र उनी २०२२मा फ्री एजेन्ट हुने छन् जसको कारण रियल, पिएसजी र युभेन्टस जस्तो क्लबको नजर उनी माथि रहेको छ। रियल म्याड्रिडमा खेल्ने आफ्नो सपना रहेको पोग्बाले दाबी गर्दै आएका छन् र रियल पनि उनलाई भित्राउन इच्छुक रहेको जानकारी छ।