म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बार्सामा भित्राउन कोम्यान इच्छुक

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान म्यानचेस्टर युनाइटेडका मिडफिल्डर डोनी भ्यान डि बीकलाई साइन गर्न इच्छुक रहेको जानकारी छ। हाल बार्साको खेल निकै खराब रहेको बेला कोम्यान नयाँ मिडफिल्डर साइन गर्न इच्छुक रहेका छन् ।

पछिल्लो खेलमा बार्साले एट्लेटिको म्याड्रिड र बेनेफिका सँग हारको सामना गरे पछि क्लबमा कोम्यानको भविष्य ’bout धेरै प्रश्न उठेको थियो भने उनी आफ्नो पद बचाउन क्लबमा नयाँ खेलाडी साइन गर्न इच्छुक रहेका छन् र उनको नजरमा नयाँ मिडफिल्डर रहेको रिपोर्ट छ।

मुख्य प्राथमिकता इन्टर मिलान बाट मार्सेलो ब्रोजोविक रहे पनि सम्भावित आगमन डोनी भ्यान डि बीक हुन सक्ने खबर छ।

भ्यान डि बीकले प्रिमियर लिग क्लबमा धेरै मौका पाएका छैनन् भने उनी क्लब छोड्न इच्छुक हुने जानकारी छ। खबर अनुसार भ्यान डि बीक नियमित खेल समयको खोजीमा छन् जुन उनले युनाइटेडमा हाल सम्म पाएका छैनन्।

कोम्यान र डि बीक बिच राम्रो सम्बन्ध रहेको छ भने नेदरल्याण्ड्स राष्ट्रिय टिममा कोम्यान उनको कोच पनि थिए।