म्यानचेस्टर युनाइटेडका स्टार साइन गर्न युभेन्टस इच्छुक

सिरी ए क्लब युभेन्टस म्यानचेस्टर युनाइटेडका स्टार गोलकिपर डेभिड डे हेया साइन गर्न इच्छुक रहेको जानकारी छ।

युनाइटेडमा डेभिड डे हेयाको खेल केही गिरावट आएको धेरै विश्वास रहेको छ भने युनाइटेड पनि उनलाई बेच्न तयार हुने जानकारी छ। २४ वर्षका डीन हेन्डरसन युनाइटेडको पहिलो रोजाइको गोलकिपर बन्न सक्ने जानकारी आउँदै गर्दा युनाइटेडले डेभिड डे हेयालाई बेच्न तयार हुने खबर छ।

ओले गुन्नार सोल्स्केयरले २०२१/२२ को अभियानमा डे हेयालाई आफ्नो नम्बर एक गोलकिपरको रूप राखे पनि, तर म्यानचेस्टर मा उनको दीर्घकालीन भविष्य को बारे मा कुनै निश्चितता नभएको खबर छ।

३० वर्षका स्टार गोलकिपर क्लबमा सबैभन्दा धेरै कमाउने खेलाडी मध्ये एक रहेका छन् र उनलाई बेचेर युनाइटेडले आफ्नो तलब खर्च पनि घटाउने जानकारी छ- हाल खबर अनुसार उनलाई साइन गर्न युभेन्टस इच्छुक रहेको जानकारी छ।