शनिवार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड, न्यूकासल युनाइटेड सँग पराजित भएको थियो भने उक्त हार पछि युनाइटेडका कोच टेन ह्याग माथि थप दबाब बढेको बेला युनाइटेडकै फ्यानहरूले उनलाई पक्षपातको आरोप लगाएका छन्।
Erik ten Hag said he would talk to Rashford about his performance but won’t discuss it with the media.
But he discussed De Gea & Ronaldo’s performances in public & media.
— POOJA!!! (@PoojaMedia) December 2, 2023
न्यूकासल युनाइटेड विरुद्ध मार्कस रासफोर्ड खराब प्रदर्शन बाबजुद टेन ह्यागले रासफोर्डको पक्षमा बोलेको तर जेडन सान्चोको उनले सार्वजनिक रूपमा आलोचना गरेका थिए जसको कारण फ्यानहरूले टेन ह्याग माथि पक्षपातको आरोप लगाएका छन्।
हाल क्लबमा हाल टेन ह्याग सँग सान्चो र भरानको सम्बन्ध बिग्रेको छ भने यो भन्दा अगाडी उनको र फुटबल सुपरस्टार रोनाल्डो बिच पनि समस्या भएको थियो र त्यस्तै गरी पूर्व गोलकिपर डेभिड डे हेया र टेन ह्याग बिच पनि तीतोपन रहेको थियो।
Could have spoken to Sancho privately but wanted to make an example of him.
Could have spoke to Ronaldo privately but wanted to make an example of him.
Hypocrite, liar and shite manager. https://t.co/Uu1LQghgt0
— adam. (@utdAdams) December 3, 2023
हाल रासफोर्डको वारे उनले केही नबोलेको भन्दै केही युनाइटेड फ्यानहरूले नै उनी माथि पक्षपातको आरोप लगाएको छ भने आफूलाई मन पर्ने खेलाडी र अन्य खेलाडी बिच उनको व्यवहार भिन्न भएको भन्दै उनको आलोचना भएको छ।
युनाइटेडमा केही समय अघि मात्र फुटबल सुपरस्टार रोनाल्डो र टेन ह्याग बिचको सम्बन्ध बिग्रे पछि रोनाल्डो क्लब छोड्न बाध्य भएका थिए भने टेन ह्यागले आफूलाई अपमान गरेको भनेर रोनाल्डो दाबी गरेका थिए। हाल भरान र सान्चो पनि टिममा पर्न सकेका छैनन्।