म्यानचेस्टर युनाइटेडका मालिक क्लब बेच्न तयार हुने

म्यानचेस्टर युनाइटेडका मालिकहरूले एक विज्ञप्ति जारी गर्दै क्लबका लागि रणनीतिक विकल्पहरूको खोजिरहेको भनेर घोषणा गरेका छन् जसमा सम्भावित रूपमा क्लब बेच्ने योजना पनि समावेश रहेको रिपोर्ट छ।

म्यानचेस्टर युनाइटेड १७ वर्ष देखि अमेरिकी अर्बपति ग्लेजर परिवारको स्वामित्वमा रहेको छ भने फ्यानहरूद्वारा ग्लेजर परिवारको धेरै आलोचना हुने गरेको छ भने केही दिन अघि रोनाल्डोले पनि एक अन्तर्वार्तामा ग्लेजर परिवारलाई फुटबल र क्लबको मतलब नरहेको भनेर दाबी गरेका थिए।

क्लबमा लगानीको अभाव, पुरानो स्टेडियम र पिचमा खराब प्रदर्शनको परिणामस्वरूप डाइ-हार्ड फ्यानबेसबाट ग्लेजर परिवारलाई क्लब बेच्न बढ्दो दबाब आएको ।

हालै म्यानचेस्टर युनाइटेडले एक विज्ञप्ति जारी गर्दै क्लबले रणनीतिक विकल्पहरूको खोजी गर्दै गरेको भनेर बताएका थियो भने रिपोर्ट अनुसार ग्लेजर परिवार क्लबलाई बेच्न पनि तयार हुन सक्ने छ।

उक्त विज्ञप्तिले यो पनि खुलासा गरेको छ कि रेन ग्रुपले ग्लेजर्सको वित्तीय सल्लाहकारको रूपमा काम गर्ने छ भने ल्याथम र वाटकिन्स एलएलपीले ग्लेजर्सको कानुनी सल्लाहकारको रूपमा काम गर्ने छ।

रेन ग्रुप सो कम्पनी थियो जसले रोमन अब्रामोविचलाई यस वर्षको सुरुमा चेल्सी बेच्न मद्दत गरेको थियो।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ