मेस्सीको दीर्घकालीन प्रतिस्थापनको रुपमा म्यान युनाइटेडका स्टार साइन गर्न पिएसजी इच्छुक 

फ्रेन्च क्लब पिएसजी म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर मार्कस रासफोर्डलाई साइन गर्न इच्छुक रहेको जानकारी छ।

फ्रेन्च क्लब पिएसजी हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ। रिपोर्ट अनुसार पिएसजी मार्कस रासफोर्डलाई क्लबका सुपरस्टार मेस्सीको दीर्घकालीन प्रतिस्थापनको रूपमा साइन गर्न इच्छुक रहेको छ।

मार्कस रासफोर्ड र म्यानचेस्टर युनाइटेड बिचको सम्झौतामा १ वर्ष मात्र बाँकी रहेको छ भने रासफोर्ड पिएसजी जान इच्छुक हुन सक्ने खबर छ।

खबर अनुसार पिएसजी र रासफोर्डका प्रतिनिधि बिच सम्पर्क भएको छ तर हाल सम्म पिएसजी उनको लागि कुनै आधिकारिक प्रस्ताव भने पठाएको छैन र युनाइटेड सँग वार्ता गर्न पिएसजी तयार रहेको रिपोर्ट छ।

मार्कस रासफोर्ड म्यानचेस्टर युनाइटेडको यूथ एकेडेमीको उत्पादन हुन् भने २०१६मा उनी सिनियर टिममा बढुवा भएका थिए र हाल सम्म उनले क्लबमा ३०३ खेल खेल्दै ९३ गोल र ५७ असिस्ट गरेका छन्।