म्यानचेस्टर युनाइटेडका स्टारद्वारा सम्झौता विस्तार प्रस्ताव अस्वीकार

म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बाले सम्झौता विस्तारको प्रस्ताव अस्वीकार गरेका छन्। फ्रेन्च स्टार पोग्बाले क्लब छोड्न सक्ने चर्चाहरू हुँदै गर्दा उनले युनाइटेडको सम्झौता विस्तार प्रस्ताव अस्वीकार गरेको जानकारी छन्।

हाल पोग्बा युनाइटेडमा खुसी नरहेको चर्चा छ भने उनले क्लब छोड्ने सम्भावना बढेको छ। उनलाई साइन गर्न फ्रेन्च क्लब पिएसजी इच्छुक रहेको छ तर युनाइटेड उनलाई बेच्न अनिच्छुक भए पनि पोग्बाले सम्झौता विस्तार प्रस्ताव अस्वीकार गरे पछि युनाइटेड गाह्रो अवस्थामा रहेको छ।

युनाइटेडको पोग्बा सँगको सम्झौता अन्त्य हुने क्रममा रहेको छ र उनलाई नबेचे युनाइटेडले उनलाई फ्री एजेन्टको रुपमा गुमाउन सक्ने छ जुन ठुलो घाटा हुने छ।

पोग्बा २०१६ मा करिब ८९.३ मिलियन पाउन्डमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए। उनी म्यान्चेस्टर युनाइटेडको एकेडेमीकै उत्पादन हुन्। उनले २०१२ मा क्लब छाडि युभेन्टसमा अनुबन्ध भएका थिए। युनाइटेडमा फर्किएपछि उनले युनाइटेडका लागि १९९ खेल खेल्नुका साथै ३८ गोल पनि गरेका छन्।